३ दशकपछि मेयर आचार्यको परिचय ‘धनी धनराज’

पाेखरा | साउन ५, २०७९

३ दशकपछि मेयर आचार्यको परिचय ‘धनी धनराज’

पोखरा महानगरपालिकाको मेयर निर्वाचित भएपछि धनराज आचाार्यले २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धताअनुरुप उनले वचन पुरा गरेका छन् । 

 

मेयर आचार्यले बुधबार साँझ सार्वजनिक गरेको विवरण अनुसार उनी नेपालकै ‘धनी’ मेयर कहलिएका छन् । 

 

उनले सार्वजनिक गरेअनुसार आचार्यको ४ वटा घर रहेकोछ । जसमध्ये २ घर पोखराको नयाँबजारमा छ । उक्त घरको स्वामित्व श्रीमति पुष्पाको नाममा छ । त्यस्तै, एउटा घर पोखराको ११ नम्बरमा छ भने अर्काे काठमाण्डौंको सीतापाइलामा रहेको विवरणमा उल्लेख छ । 

 

सार्वजनिक गरिएको विवरणमा आचार्यसँग दोलखामा करिब ८७ लाख रुपैयाँ पर्ने ५८ रोपनी ७ आना जग्गा रहेको छ । घर र जग्गाको हालको मूल्यअनुसार अनुमानित १५ करोड रुपैयाँ रहेको छ । 

 

त्यस्तै, आचार्यसँग ३ कार, १ भ्यान र ३ स्कुटर रहेको छ । कारमध्ये एउटा जापानमा बनेको टोयोटा कम्पनीको ¥याभ–४ हो । सवारीसाधनको कूल मूल्य २ करोड रुपैयाँ उल्लेख छ । 

 

यसैगरी,  मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ भने बैंकमा १५ लाख रुपैयाँ बचत रहेको उल्लेख छ । 

 

मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा प्रमुख सेयर रहेको आचार्यको सुपर मादी हाइड्रो, हेवा खोला हाइड्रो र तमोर जलविद्युत आयोजनामा पनि लगानी रहेको छ । 

 

 ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयरसँग २ करोड ८५ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । 

 

साथै, विवरणमा आचार्यले ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको जनाएका छन् । 

 

पृथ्वीनारायण क्याम्पसमा स्ववियुबाट राजनीतिसँगै व्यापारमा हात हालेका आचार्य सभापति भएपछि राजनीतिक कम र व्यापारमा बढी लागेका हुन् । सुरुवाति दिनमा पुस्तक पसल र पब्लिकेशनमा हात हालेका आचार्य ३ दशकभित्र जलविद्युत, कृषि, पर्यटन, बैंकलगायत २ दर्जन व्यावसायिक प्रतिष्ठानका मालिक बनेका छन् । 

 

व्यापारमा सफल मानिएका आचार्य पछिल्लो समय नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर चुनिएका हुन् । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्