३ दशकपछि मेयर आचार्यको परिचय ‘धनी धनराज’

पाेखरा | साउन ५, २०७९

३ दशकपछि मेयर आचार्यको परिचय ‘धनी धनराज’

पोखरा महानगरपालिकाको मेयर निर्वाचित भएपछि धनराज आचाार्यले २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धताअनुरुप उनले वचन पुरा गरेका छन् । 

 

मेयर आचार्यले बुधबार साँझ सार्वजनिक गरेको विवरण अनुसार उनी नेपालकै ‘धनी’ मेयर कहलिएका छन् । 

 

उनले सार्वजनिक गरेअनुसार आचार्यको ४ वटा घर रहेकोछ । जसमध्ये २ घर पोखराको नयाँबजारमा छ । उक्त घरको स्वामित्व श्रीमति पुष्पाको नाममा छ । त्यस्तै, एउटा घर पोखराको ११ नम्बरमा छ भने अर्काे काठमाण्डौंको सीतापाइलामा रहेको विवरणमा उल्लेख छ । 

 

सार्वजनिक गरिएको विवरणमा आचार्यसँग दोलखामा करिब ८७ लाख रुपैयाँ पर्ने ५८ रोपनी ७ आना जग्गा रहेको छ । घर र जग्गाको हालको मूल्यअनुसार अनुमानित १५ करोड रुपैयाँ रहेको छ । 

 

त्यस्तै, आचार्यसँग ३ कार, १ भ्यान र ३ स्कुटर रहेको छ । कारमध्ये एउटा जापानमा बनेको टोयोटा कम्पनीको ¥याभ–४ हो । सवारीसाधनको कूल मूल्य २ करोड रुपैयाँ उल्लेख छ । 

 

यसैगरी,  मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ भने बैंकमा १५ लाख रुपैयाँ बचत रहेको उल्लेख छ । 

 

मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा प्रमुख सेयर रहेको आचार्यको सुपर मादी हाइड्रो, हेवा खोला हाइड्रो र तमोर जलविद्युत आयोजनामा पनि लगानी रहेको छ । 

 

 ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयरसँग २ करोड ८५ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । 

 

साथै, विवरणमा आचार्यले ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको जनाएका छन् । 

 

पृथ्वीनारायण क्याम्पसमा स्ववियुबाट राजनीतिसँगै व्यापारमा हात हालेका आचार्य सभापति भएपछि राजनीतिक कम र व्यापारमा बढी लागेका हुन् । सुरुवाति दिनमा पुस्तक पसल र पब्लिकेशनमा हात हालेका आचार्य ३ दशकभित्र जलविद्युत, कृषि, पर्यटन, बैंकलगायत २ दर्जन व्यावसायिक प्रतिष्ठानका मालिक बनेका छन् । 

 

व्यापारमा सफल मानिएका आचार्य पछिल्लो समय नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर चुनिएका हुन् । 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्